सम्माननीय प्रधानमन्त्री चीन भ्रमणपछि हिमालय एअरलाइन्सबाट स्वदेश फिर्ता
Editor:南亚网络电视
Time:2025-09-04 18:20

 

 Image_20250904160133

एस् ए टी भी १९ भाद्र २०८२, काठमाडौँः सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू, श्रीमती राधिका शाक्यज्यू र उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ आज, सेप्टेम्बर ०३, २०२५ मा हिमालय एअरलाइन्सको एयरबस ३२० द्वारा नेपाल फर्कनुभयो । चीनको थियानजिन सहरमा आयोजित २ दिन शाङ्घाई सहयोग सङ्गठन (SCO) शिखर सम्मेलनमा सहभागी भई प्रतिनिधिमण्डल नेपाल फर्किएको छ ।

यस भ्रमणमा सम्माननीय प्रधानमन्त्रीज्यूसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय श्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद सदस्यहरू र विभिन्न मन्त्रालयका वरिष्ठ सरकारी अधिकारीहरू सहितको मन्त्रीस्तरीय प्रतिनिधिमण्डल संलग्न हुनुभयो ।

सम्माननीय प्रधानमन्त्रीज्यू र प्रतिनिधिमण्डललाई स्वागत गर्न श्री विजय श्रेष्ठ, हिमालय एअरलाइन्सका उपाध्यक्ष (प्रशासन) उपस्थित हुनुहुन्थ्यो । विमान बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ः२१ बजे (चीनको स्थानीय समय) प्रस्थान गरी नेपाली समयानुसार २१ः२७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण भयो ।

यस उच्चस्तरीय उडानको सफल व्यवस्थापनले हिमालय एअरलाइन्सको राष्ट्र सेवाप्रतिको १० वर्षको समर्पण र देशका यस्ता महत्त्वपूर्ण उडानहरू सफलतापूर्वक सञ्चालन गर्न सक्ने क्षमताको पुष्टि गरेको छ । एअरलाइन्सले आफूलाई राष्ट्रका लागि भरपर्दो साझेदारको रूपमा स्थापित गरेको छ ।

हिमालय एअरलाइन्स प्रा. लि.को बारेमा

हिमालय एअरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्सका मुख्य दुई उद्देश्यहरू हुन् । हिमालय एअरलाइन्स तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित भएको हो ।

हिमालय एअरलाइन्ससँग हाल ४ वटा विमानहरू छन् — तीन एयरबस ३२०–२१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू — संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।

एअरलाइन्सले साउथ एशियन ट्राभल अवार्ड्स २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्सको रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक ISO 9001:2015 प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्त प्रमाणीकरण प्राप्त गरेको हो ।

डिसेम्बर २९, २०२१ मा एअरलाइन्स अर्को महत्वपूर्ण ISO 9001:2015 प्राप्त गर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्चस्तरीय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्सको गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ ।

डिसेम्बर २८, २०२३ मा, IOSA अपरेटरको रूपमा प्रमाणित र IATA सदस्य एअरलाइन्सको रूपमा दर्ता भएको हिमालय एअरलाइन्स नेपालको पहिलो र एकमात्र एअरलाइन्स हो ।

सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्सले आफ्ना जहाजहरूमा Automated External Defibrillators (AED) जडान गरेको थियो । योसँगै एअरलाइन्स AED जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ On Time Performance (OTP) र आफ्ना ग्राहकहरूको सेवामा एअरलाइन्सले आफूलाई पहिलो छनोटको भरपर्दो एअरलाइन्सको रूपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्सको रूपमा प्रतिस्थापित हुन चाहेको छ ।

 

Disclaimer: This article comes from South Asia Network TV Sico International Online's self-media, does not represent Sico International Online's South Asia Network TVViews and positions.。

Got likes0
Top